जुम्लामा बालबिवाह भयानक छ । पहिले मागेर बालबिवाह हुन्थ्यो । अहिले भागेर बालबिवाह गर्ने चलन छ । यो सरासर प्रविधिको चरम दुरुपयोग हो । सानै उमेरमा बिवाह गर्दा हुने कठिनाइबारे प्रत्यक्ष भोग्नेलाई मात्र थाहा हुन्छ । अरु सबै त रमिते हुन् । अरुको कुरा सुन्दा सायद उनीहरुलाई आनन्द नै हुन्छ होला ।
सानै उमेरमा बिवाह गर्ने कसैको रहर होइन । यो समाजमा लामो समयदेखि जरा गाडेर बसेको कुरीतिको उपज नै हो । अघिल्लो पुस्ताका कुरा सुन्ने हो भने छोराछोरी पेटमा हुदैँ माग्ने दिने चलन हुन्थ्यो रे । बाबाआमा भन्ने उमेरमा बाबाआमा बन्नु बाध्यता जस्तै थियो । सानो छँदा साथीसाथी बीचमा बेहुला बेहुली बनेर खेल्दा निकै रहर जाग्थ्यो । तर प्रत्यक्ष भोग्दा निकै कठिन र जोखिम पनि । लाग्छ,‘बालबिवाह जीन्दगीकै कुरुप पाटो हो । जसले उज्यालो जीवनलाई अन्धकार बनाइदिन्छ । उत्साहपुर्ण जीवनलाई निरासाको भुमरीमा पुर्याइदिन्छ । परिवारमा सन्नाटा ल्याउँछ । त्यसपछि जीन्दगी जीउनको कुनै अर्थ नै लाग्दैन् ।
सानै उमेरमा न उसले पारीवारिक रुपमा हुने काम जानेको हुन्छ । नत रहनसहन,चालनचलन नत सामाजिक सम्बन्धमा परिपक्क नै । बरु बालबिवाहले उनीहरुको स्वास्थ्य दिनप्रतिदिन खस्किरहेको हुन्छ । मैले मेरो अनुभव गरेको छु । सानै उमेरमा बिवाह गरेकोले समाजमा हरेक समस्या झेल्नु परेको प्रत्यक्षदर्शी पनि हुँ म । समाजमा बालबिवाह देखेको र बुझेको एक नारी पनि हुँ ।
हाम्रो समाजमा छोराले जे गरेपनि हुने तर छोरीले सामान्य बिगार्दा कुलको बेइजत हुन्छ भन्ने मानसिकता छ । छोरी ठुली हुँदा परिवारलाई बिग्रने डर हुन्छ । तर छोरा जति ठुलो भएपनि केही बिग्रदैन । बरु छोरा हुर्केकोमा गर्व लाग्छ ।
बालबिवाहले धेरै दिदीबहिनी पढ्न बाट बञ्चित छन । कैयनले स्वास्थ्य समस्या भोगिरहेका छन । त कैयौले बहुबिवाहको सामना गरिरहेका छन । बालबिवाह गर्नु आधा मरेको सर्प नै भन्न रुचाउँछु । न उसले केही गर्न सक्छ । न बिगार्न, नत मर्न नै । जीन्दगीभर परनिर्भर भएर बस्नु पर्ने बाध्यता हुन्छ । सामान्य पाँच दस रुपैयाँ पनि आफ्नो पति संग माग्नु परिरहेको हुन्छ । खर्चपर्च माग्दा पति र परिवारले गर्ने व्यवहार त कैयौ गुणा घृणा गर्न लायक हुन्छ ।
जुम्लाको सन्दर्भमा बालबिवाह निकै भयानक छ । तर बालबिवाहको तथ्यांक छैन । बालबिवाहले धेरै महिला पढलेख गर्नबाट बञ्चित छन । पाठ्यघर क्यान्सरको सामान गरिरहनु परिरहेको छ । बालबिवाह गर्दा पीडा नभोग्ने दिदीबहिनीहरु निकै कम मात्रमा भेटिन्छन होला । बालबिवाह गरेर जन्मिएको बच्चा पनि स्वस्थकर हुन सक्दैन । किनकी आमा परिपक्क नहुँदै जन्मेको बच्चा परिपक्क हुने कुरै छैन ।
केहीले गरिबीका कारण बालबिवाह गर्ने गरेको र केही बालबिवाह गरिसकेपछि गरिब बनेको यथार्थ समाजमा सहजै देख्न र बुझ्न सकिन्छ । पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोग पनि बालबिवाह गर्न उत्साहित गर्ने राम्रो माध्यम बनिरहेको छ ।
जुम्लामा बालबिवाह हुनुको कारण हरेक बर्षको हिँउद महिनामा हुने कोचिङ र ट्युसन सेन्टर नै हुन । किन भने राति अबेर सम्म कक्ष चल्छन् । बिहान उज्यालो नहुँदै कक्ष शुरु हुन्छन । यो बीचमा बालबालिकाले खेल्ने मौका पाउँछन । अनि बालबिवाह गर्छन ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगले पनि बालबिवाह दर बढिरहेको छ । पहिले बाहिर आउन नसकेकोले बालबिवाह कम हुने गरेको देखिएजस्तो भएपनि अहिले भन्दा बिकराल भएको चन्दननाथ ४ की रमादेबी नेपाली बताउँछिन । १८ बर्षको उमेरमा बिवाह गरेकी उनी अहिले पनि बालबिवाह महिलाको उन्नती र प्रगतिको कारक मान्छिन् ।
अहिले अस्वस्थ छु । पहिले थाहाँ भएन । माया नै संसार ठान्यौँ । अहिले बल्ल आँखा खुल्यो,उनले भनिन्,‘बालबिवाह गर्नु त अपराध गर्नु जस्तै रहेछ । ‘उनको पतिले अहिले ज्यालामजदुरी गरिरहेका छन । उनी अशक्त शरीर लिएर काम गर्छिन । काम नगरि चुलो बल्दैन । पढ्ने लेख्ने उमेरमा बिवाह गर्दाको पीडा भोगिरहेको अनुभव सुनाउँछिन ।
अहिले स्वास्थ्य राम्रो छैन । बच्चा पनि परिपक्क र स्वस्थकर छैन । पाठ्यघर खस्ने, कमजोर हुने,बच्चामा कुपोषण हुने, बालमृत्युदर बढ्ने समस्या बिकराल नै हुने गरेको छ । त्यसैले बालबिवाह सामाजिक कुरीति हो । सबै मिलेर बालबिवाह मुक्त समाज बनाउन जरुरी छ । बालबिवाह न्युनिकरण गर्न ग्रामिण बस्तीमा सचेतनाका कार्यक्रमहरु जस्तै सडकनाटक,तालिम,प्रशिक्षण दिनुपर्छ । बालबिवाहको बारेमा बनेका कानुनी ज्ञान दिनुपर्छ । अनि मात्र बालबिवाह मुक्त जिल्लाको परिकल्पना गर्न सकिन्छ । नत्र भने बालबिवाहले हाम्रो समाज थलिदै जाने खतरा छ ।