गुठिचौर गाउँपालिका–३ का धर्मराज रावल हरेक वर्षकाे जन्मदिनमा १५ हजार दिने घोषणा

लक्ष्मी न्याैपाने

घोषणाजुम्ला गुठिचौर गाउँपालिका–३ का धर्मराज रावलले आफ्नो ३७ औं जन्मदिनको अवसरमा ज्येष्ठ नागरिक संघ जुम्लालाई १५ हजार दिने घाेेषणा गर्नु भएकाे छ । उक्त रकम दिने उहाँले उदाहरणीय कार्यकाे थालनि गर्नु भएकाे छ । जुम्ला बाहिर रहे पनि प्रत्येक वर्ष १५ हजार दिने उहाँले घाेषणा गर्नु भएकाे हाे ।

साेमबार ज्येष्ठ नागरिक संघकाे कार्यालयमा पुगेर उहाँले आफ्ना बुबा बल वहादुर रावलबाट संघका अध्यक्ष तिर्थराज भारतिलाई १५ हजार नगद हस्तान्तरण गर्नु भएकाे छ ।सरकारी सेवामा १३ वर्षदेखि कार्यरत रावलले हरेक वर्ष आफ्नो जन्मदिनमा जेष्ठ नागरिकलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।

यो घोषणाले रावलको समाज प्रतिको सेवा भावको एउटा महत्त्वपूर्ण उदाहरण बनेको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष भारतिले बताउनु भयाे । रावलले विगतमा आफूले भोगेका दु:खले समाजसेवा प्रति झुकाव बढाएको बताउनु भयाे । उहाँका अनुसार सम्पत्ति जोड्ने भन्दा पनि समाजसेवामा योगदान पुर्‍याउने इच्छा रहेकाे सुनाउनु भयाे । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नगरी यसलाई समाजका जेष्ठ नागरिकलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गरेकाे उहाँकाे भनाइ छ ।

कार्यक्रममा जेष्ठ नागरिक संघका सदस्यहरूले रावलको कदमको प्रशंसा गरेका छन्। संघका अध्यक्ष भारतीले यसलाई समाजका लागि प्रेरणादायी प्रयास भन्दै उच्च मूल्यांकन गर्नु भएकाे छ । जेष्ठ नागरिकप्रति देखाएको सेवा भाव अत्यन्त सराहनीय रहेकाे उहाँकाे भनाइ छ ।

यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पनि रावलको निर्णयलाई प्रशंसा गर्दै यसलाई उदाहरणीय कदम भन्नु भएकाे छ । उहाँले रावलको योगदानले जेष्ठ नागरिकहरूलाई थप सहयोग र हौसला मिल्ने विश्वास व्यक्त गर्नु भयाे । जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धक तथा संरक्षक स्वास्थ्यकर्मी नन्द प्रसाद न्यौपानेले जेष्ठ नागरिकको सेवामा एउटा नयाँ सहयात्री थपिएको उल्लेख गर्दै रावलको यो कदमलाई स्वागतयोग्य भएकाे बताउनु भयाे ।

उहाँले यस प्रकारका प्रयासहरूले जेष्ठ नागरिकको स्वास्थ्य र भलाइमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नु भयाे । धर्मराज रावलको यो कार्य समाजसेवाको नयाँ मोडेलको रूपमा अगाडि आएको छ जेष्ठ नागरिक दयादत्त हामालले बताउनु भयाे । रावलले जन्मदिनजस्तो व्यक्तिगत कुरालाई समाजप्रतिको जिम्मेवारी पूरा गर्ने अवसरका रूपमा उपयोग गरेर अन्य व्यक्तिहरूलाई पनि यस्तै प्रयास गर्न प्रेरित गर्नु भएकाे छ

 

सम्बन्धित शीर्षक