दशौँ उद्योग दिवसको अवसरमा जुम्ला  जिल्लाका१८उद्योगीहरु सम्मानित

लक्ष्मी न्याैपाने

दशौँ उद्योग दिवसको अवसरमा जुम्ला जिल्लाका१८उद्योगीहरु सम्मानित भएका छन् । उधाेग उपभोक्ता हित संरक्षण तथा कार्यालय जुम्ला दशौँ उद्योग दिवसरका अवसरमा जिल्लाका १८उद्योगीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरेको कार्यालय प्रमुख मन्दिर नाथ याेगिले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्योगहरुलाई थप प्रोत्साहन गर्नका लागि उद्योगीहरुलाई सम्मान गरिएको याेगिकाे भनाइ छ ।  जिल्लाका कृषि तथा पशुपंक्षी फार्म, दुग्ध डेरी, आलु चिप्स उधाेग तेल प्रशाेदन उधाेग व्यवसायी, खराया पालन उधाेग लगायतका उद्योगहरु सम्मानित भएका हुन् ।

उद्योगीहरुले पछिल्लो समयमा बजार व्यवस्थापन समस्या हुँदै आएको बताउँदै कार्यालयले सम्मान गरेर थप ऊर्जा पैदा गरिदिएको जनाएका छन् ।
जिल्ला समन्वय समति जुम्लाका कार्यालय प्रमुख सगिता धितालले उद्योगीहरुलाई  थप प्रोत्साहन गर्नका लागि तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योगीहरुको समस्या आफूले नजिकबाट नियालेको बताउँदै समस्याहरुलाई समाधान गर्नका लागि आफू सधैं साथमा रहेको उहाँले दाबी गर्नुभयो ।
पछिल्लो समयमा युवाहरु विदेश जाने लहर चलेको बताउँदै पन्थीले विदेश जान भन्दा स्वदेशको माटोमै लगानी गरेर उत्पादन गर्न आग्रह गर्नुभयो ।
श्रेष्ठीएन्ड संसार फलफुल उत्पादन तथा प्रशाेधन उधाेग का नारायणी चाैलागाईले
विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशको माटोमै उत्पादन गर्न सहज भएको र विदेशमा गएर पैसा कमाउन सहज नभएको उहाँको तर्क छ ।

उधाेग बाणिज्य संग जुम्लाका पुरि चन्द देवकोटाले उहाँले इच्छाशक्ति भएमा यहाँको माटोमा पर्याप्त उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो । यस्तै  उधाेग उपभोक्ता हित संरक्षण तथा कार्यालय जुम्लामा अहिलेसम्म४हजार  ४सय ३२ उधाेग दर्ता भएको कार्यालय प्रमुख याेगिले जानकारिदिनु भयाे।।

 

सम्बन्धित शीर्षक