रैथानेबालीको बजारीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लामा रैथानेबालीको बजारीकरण सम्बन्धि सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र पातरासी गाउँपालिकाका किसानहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो । किसानहरूको सहभागिता रहेको थियोे ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले अनुदानमुखी भन्दा पनि किसानलाई लाभ हुने खालका कार्यक्रम अहिलेको आवश्यकता रहेकोमा जोड दिए । रैथानेबालीको उत्पादन र बजारीकरणमा स्थानीय सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो । उपप्रमुख रामुदेबी खड्काले कृषि उपज केन्द्रको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको बताइन । सदरमुकामको बजारमा चन्दननाथ १,७ र ८ वडाबाछ धेरै आउने गरेको छ । उनले भनिन्, ‘उनीहरुलाई उत्साह दिएर कृषि पेसामा लाग्न प्रेरित गर्नु हामी सबैको दायित्व हुनेछ ।’
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले रैथानेबालीको बिउ प्रवद्र्धन गर्न बिउ बैंकको स्थापना हुनुपर्ने भनाइ राखे । उनले भने, ‘किसानले बोराका हिसाबले बिउ उत्पादन गर्नुपर्छ । स्थानीय सरकारले बजार खोजिदिएर साथ दिनुपर्ने हुन्छ ।’
हाल यस परियोजनाले स्थानीय र विविध कृषिजन्य उत्पादन, स्थानीय खाद्यान्नको व्यवसायीकरण र स्थानीय रूपमा उत्पादित खाद्यन्नको घरायसी उपभोगका लागि सरोकारवालाहरूबीच चेतना जगाउने र विद्यालय दिवा खाजामा खाद्य तथा पोषण सुरक्षामा योगदान पुराउने लक्ष्य राखेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कलस्टर संयोजक   ऋषि राज ओली ले  जानकारि दिए ।
उनका अनुसार नर्वेजियन दुताबासको आर्थिक सहयोगमा मुगु,जुम्ला,जाजारकोट,रुकुम पश्चिम,बाजुरा,सर्लाही,सिन्धुली र काठमाडौं जिल्लामा यो परियोजना सञ्चालित छ । कृषि उत्पादकत्व, मूल्य श्रृंखलाको विकास र दिगो खाद्य प्रणालीको स्थापनाका लागि स्थानीय आवश्यकता अनुसारको ऊर्जा, वित्त र आधुनिक प्रविधिमा पहुंच पुराउने लक्ष्य राखेको छ । कार्यक्रममा किसानहरुले उत्पादित बस्तुको बजारीकरण हुनुपर्ने,रैथाने बालीको उत्पादन,संरक्षण र प्रवद्र्धनका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए ,।

सम्बन्धित शीर्षक