तातोपानी ४ का मुकेन्द्र सार्कीको पठनपाठनका लागि छुट्टै शिक्षिका

लक्ष्मी न्यौपाने,
जुम्ला तातोपानी ४ स्थित नियापानीका मुकेन्द्र सार्कीको पठनपाठनका लागि छुट्टै एक जना शिक्षिकाको व्यवस्था गरिएको छ । मुकेन्द्र अपांङगता भएका व्यक्ति हुन । उनको खुट्टा चल्दैन । बोली पनि स्पष्ट छैन । स्कुल सम्म जान नसक्ने र पठनपाठनमा निकै रुची राख्ने भएकोले उनलाई घरमै एक जना शिक्षिकाको व्यवस्थापन गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालद्धारा सञ्चालित सहयात्रा परियोजनाले सोही गाउ“की साबित्री नेपालीलाई शिक्षिककाको रुपमा राखेर पढाउन थालिएको हो । उनले आफुले अपाङगता भएका विद्यार्थीलाइ पढाउन पाउदा खुसी लागेको बताइन् ।
पालिका र किडार्कले सहयोग गरेर मुकेन्द्रको अवस्थामा परिवर्तन ल्याउने प्रयास गरेको छ,उनले भनिन्,‘जसले समाजमा अपाङगता भएर अवसर पाउन नसकेकालाई निकै राहत मिलेको छ । यो राम्रो पक्ष हो । ’
मुकेन्द्रका बुवा भद्रविर सार्कीले अपाङता भएको छोरालाई घरमै पढाउने व्यवस्थापन गरेकोमा खुसी पोखे । उनले भने,‘ पहिले कतै पढाउन सकिएको थिएन । शौचालय सम्म जान सकेको थिएन । खाना समेत आफै खान सक्ने अवस्था थिएन । तर किडार्क र पालिकाले घरमै शिक्षक राखिदियो म खुसी छु । ’ उनले खुसीको आ“शु झार्दै पालिका सरकार घरदैलोमा पुगेको अनुभुती भएको बताए ।
जातीय भेदभाव र गरिबीको यत्रो खाडल भएको समयमा घरमै शिक्षिक राखेर पढाउन पाउनु राम्रो भएको उनको भनाई छ । उनले आगामी दिनमा पनि अपाङता भएको छोराको लागि सक्दो सहयोग मिल्ने आशा ब्यक्त गरे ।
अनुगमनका क्रममा घरमै पुगेका तातोपानी गाउ“पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले अपांङता भएका व्यक्तिको सेवा र उनले पाउने सुविधाको पक्षमा संधै लागि पर्ने बताए । उनले भने,‘गाउ“पालिकाले सकेको गर्न सकेको थिएन । सहयात्रा परियोजनाले सहज बनाइदियो । अनुगमनका क्रममा भेटिएका यस्ता विद्यार्थीहरुलाई प्राथमिकताका साथ हेरिएको छ ।’ तातोपानीमा स्कुल जान नसक्ने व्यक्तिलाई शिक्षिका राखेर पढाउने,फिजियोथेरापी गराउने काम समेत भइरहेको उनको भनाइ छ ।
पहिलो चरणमा शिक्षिका राखेर पढाइरहेका छौं । आगामी दिनमा यो कामको प्रतिफल हेरेर माथिल्ला कक्षा पढाउनको लागि समेत साथ दिनेछ । उनले अपाङता भएका व्यक्तिहरुलाई टिठ र दयाभावले नभएर सम्मानपुर्वक बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न समेत उनले आग्रह गरेका छन ।

सम्बन्धित शीर्षक