जवा नदिको बालुवा,गरिबको गुजारा

  ।   ३ श्रावण २०७८, आईतवार ०७:१८

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ बर्षिया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदिको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छन । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदिको बालुवा जीवन चलाउने गुजारा बनेको छ । ’
उनका छिमेकी धनमाया कुलाल पनि उनी संगै जान्छिन् । दिनभरी बालुका निकालेर ब्यापारीलाई बेच्ने गर्छिन । जुम्लाको जवा नदिमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवा संगै हिमा र तिला नदिनमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरु बताउँछिन ।
नदि किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । उनले भनिन्,‘नदि किनारमै ठेकेदार बालुवा लिन आउँछन । नदि किनारमै रुपैयाँ दिन्छन् । फर्कन्छन् । ’उनीहरुको खाना पनि नदि किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरुको अनुभव छ । बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । धनमायाले भनिन्,‘एक दिनमा १५ बोरा सम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा तीन हजार देखि ४ हजार रुपैयाँ सम्म दिने गरेका छन ।
एक टिप्पर बालुवा संकलन गर्दा पाँच सय रुपैयाँ नदि किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ । विद्यालय जाने बालबालिका समेत बालुवा संकलनका लागि नदि किनारामा पुग्ने गर्छन । स्थानीय उनिता कुलाल विद्यालय बन्द भएकोले बालुवा निकाल्नमा प्रयोग गरिरहेको सुनाउँछिन ।बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ ।
बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीहरु सुनाउँछिन । साउन महिनामा पानीको बहाफ बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । उनिताले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ ।
नदिमा फ्याकिएका सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ । तर बालुवा संकलन नगरि सुख छैन । नदि किनारामा झण्डै दुई सय बढि महिला बालुवा निकालेर जीविका चलाउँछिन । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरुले गाउँ नजिकै रोजगारी पाएका हुन् । बालुवा ननिकाल्ने हो भने उनिहरुको चुलोमा आगो बल्दैन । ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीय बताउँछन ।
निर्माण कार्यमा बालुवा अनिवार्य हुने भएकोले माग अनुसार संकलन हुन सक्दैन । बालुवाको माग अनुसार निकाल्न सकिदैन । जवा नदि,तिला र हिमा नदिनमा बालुवा संकलन कार्य तीब्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौं,धनमायाले भनिन्, ‘साउन महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ । बालुवा संकलनका क्रममा विगत बर्षहरुमा दर्जनौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

३ श्रावण २०७८, आईतवार ०७:१८
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। देउवाले १६५ मत प्राप्त गरेका छन्। संसदमा उपस्थित २४९  मध्ये विपक्षमा ८३ र तठस्ठमा १ मत खसेकाे छ। आजको बैठकमा आफ्ना दलका साथै देउवाले प्रमुख प्रतिपक्षी […]

सम्बन्धित