दैलेखमा घाँस काट्दै गर्दा भिरबाट लडेर एक जनाकाे मृत्यु, एक जना घाइते

  ।   २ श्रावण २०७८, शनिबार १९:२४

दैलेख – दैलेखमा भिरबाट लडेर  हिजाे एक जनाको ज्यान गएको छ । भिरबाट लड्दा अर्का एक जना घाइते भएका छन् । भिरबाट लडेर भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की १७ वर्षीया टीका बीसीको ज्यान गएको हो ।

स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै भिरबाट खसेर टीका बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ ।

गाईवस्तुलाई घाँस काट्न भिरमा जाने गर्दा दैलेखमा बर्सेनि केहीले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।

facebook sharing button Share

Next Post

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गिरी विरूद्ध उजूरी

२ श्रावण २०७८, शनिबार १९:२४
सुर्खेत । देउती अस्पताल वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मी टेकबहादुर रोकायमाथि आक्रमण भएको छ । बिहीबार राति ड्यूटी सकेर घर फर्कदैँ गर्दा उनीमाथि आक्रमण भएको हो । अस्पताललमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रामण भएपछि अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्रबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ का रोहित गिरीले रोकायामाथि […]

सम्बन्धित