हेलिकोप्टरमा भेरोसिल बोकेर दुर्गम गाउँ पुग्यो गण्डकी सरकार

 

कास्की- गोरखाको चुमनुब्री सबैभन्दा विकट स्थानीय तह । सडक सन्जालले नछोएको दुई पालिकामध्ये चुमनुब्री पनि एक हो । यातायातको साधन भनेकै कि घोडा खच्चड, नभए हेलिकोप्टर । अहिले बाढीपहिरोका कारण घोडा, खच्चड र मान्छेलाई बोकाएर सामान ढुवानी गर्न कठिन छ ।

चीनसँग सीमा जोडिएको चुमनुब्रीमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलल कोरोनाविरुद्धको भेरोसेल खोप लिएर पुगेका छन् । गाउँपालिकाका सबै नागरिकलाई पुग्ने खोप एकै पटक लगिएको हो । पहिलो डोजका लागि चाहिने ३ हजार खोप लगिएको र समय पुगेपछि दोस्रो डोज पनि यसरी नै लगिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले बताइन् ।

हेलिकोप्टरमा मुख्यमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री अधिकारीसहित ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डा. दामोदर रेग्मी पनि गएका छन् ।  पालिकाका ५ सय जनाले यसअघि नै खोप लगाइसकेका छन् । खोपसहित मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगिएको मन्त्री अधिकारीले जानकारी दिइन् ।  पालिकाका सबै वडामा हेलिकोप्टरमार्फत नै खोप वितरण गरिएको छ ।

सम्बन्धित शीर्षक