अबको तीन दिन पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सतर्कता अपनाउन पनि आग्रह

  ।   १ श्रावण २०७८, शुक्रबार १६:५०

काठमाण्डाै – आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

Next Post

सलिसल्ला सडक हस्तान्तरण

१ श्रावण २०७८, शुक्रबार १६:५०
  नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण […]