थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

  ।   ३१ असार २०७८, बिहीबार १७:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ । हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

Next Post

कर्णाली सरकार अध्यादेशबाट बजेट ल्याउँदै

३१ असार २०७८, बिहीबार १७:४०
  कर्णाली प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्यो तर त्यस यता बसेका कुनै पनि बैठकमा बजेटमाथि छलफल हुन सकेन । बजेट प्र्रस्तुत भईसकेपछि बोलाईएको प्रदेशसभाको बैठक तीन पटक त नबसेरै स्थगित भयो । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपश्चात् तीन पटक आह्वान गरिएको बैठक बस्न नसकेरै प्रदेशसभा […]