भोलिदेखि लामो दूरीका यातायात चल्न दिने निर्णय

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारीसाधन चल्न दिने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। ‘लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ,’उनले भने। जारी निषेधाज्ञा आज राति सकिँदै छ।

सम्बन्धित शीर्षक