वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ

  ।   ३० असार २०७८, बुधबार १७:५१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतले असार २८ गते साँझ साढे ६ बजे तिर ४२ वर्षिय लिलाराम पुरीलाइ लागूऔषध (ब्राउनसुगर) सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पुरीलाई उनकै घर अगाडी शंकाष्पद रुपमा बसिरहेको अवस्थामा एक ग्राम  लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको जनाएको छ ।

साथै नेपाली र भारतीय नोट गरी जम्मा पचास हजार तीनसय ४० रुपैयाँ र मोबाईल, डिजिटल तराजू समेत बरामद गरेको छ । पुरीलाई पक्राउ गरि उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

साउन १ देखि लामो दूरीमा गाडी चलाउन दिने तयारी

३० असार २०७८, बुधबार १७:५१
काठमाडौं । सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा […]

सम्बन्धित