कर्णाली सरकारले बाँड्यो, कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत

  ।   ३० असार २०७८, बुधबार ०७:२२

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड–१९०बाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप एक जनाको मृत्यु भएको छ । यस अघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १ सय ३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केहि दिनमा नै रकम वितरण गर्ने प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

हाल सम्म ३ सय ४५ जनाका परिवारले क्षतिपुर्तीको माग सहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् । पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएको पत्र, हकवालाको नाता प्रमाणीत, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।

अन्य व्याक्तिहरुको पनि तथ्याङ्क संकलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् । कोरोना पुष्टी भएका मध्ये केहि मानिसहरु भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने भन्दै मन्त्री नेपालीले अन्य क्षेत्रबाट पनि निवेदन आइरहेको बताइन् ।

Next Post

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा

३० असार २०७८, बुधबार ०७:२२
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले […]