शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे सपथ लिँदै

  ।   २९ असार २०७८, मंगलवार १९:२५

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ःं०० बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीद्धारा जारी विज्ञप्तिमा भने देउवालाई नेपालको संविधानको कुन धारा अनुसार नियुक्त गरिएको हो भन्ने कुरा उल्लेख गरिएको छैन ।देउवाको नेपालको ईतिहासमा हालसम्म गरी पाँच पटक प्रधानमन्त्री हुनुभएको छ ।

Next Post

कर्णाली सरकारले बाँड्यो, कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत

२९ असार २०७८, मंगलवार १९:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड–१९०बाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३ सय ४२ […]