काँक्रेविहार यातायातले भित्र्यायो जेट बस

  ।   २९ असार २०७८, मंगलवार ०९:३८

सुर्खेत । काँक्रेविहार यातायात प्रालिले नयाँ बस थप गरेको छ । सुर्खेत–काठमाडौं रुटमा सञ्चालन गर्ने उदेश्यले यात्रुहरुको चाहनाअनुसार सुविधायुक्त नयाँ बस थप गरेको हो ।

सीसी क्यामरासहित जडान भएका नयाँ बसमा सीट लक्जरियस रहेको प्रा.लि.का सचिव दिपेन्द्र खड्काले जानकारी दिए । ४० सीट क्षमताको बसमा यात्रुहरुलाई वाइफाईको व्यवस्था पनि गरिएको खड्काको भनाई छ ।

उनकाअनुसार थपिएका चार नयाँ बसले बुधबारदेखि नियमित रुपमा सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत सेवा शुरु गरिनेछ । भाडादर भने हाल कायम भएअनुसारकै रहेकाे खड्काले बताए । सुर्खेतबाट दैनिक साँझ बस काठमाडौंका लागि छुटाइनेछ । यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ सुविधा सम्पन्न बसहरु थपेको खड्काको भनाई छ ।

प्रालिले हाल सुर्खेतबाट नियमित रुपमा सुर्खेत–काठमाडौं, जाजरकोट–काठमाडौं, जाजरकोट–सुर्खेत, सुर्खेत–नेपालगञ्ज, सुर्खेत–कालिकोटहुँदै जुम्ला र सुर्खेत जिल्लाका विभिन्न स्थानका लागि बस तथा हाइस सेवा दिँदै आएको जनाएको छ । प्रा.लि.सँग हाल ७५ ओटा साना ठूला सवारी छन् ।

Next Post

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

२९ असार २०७८, मंगलवार ०९:३८
काठमाडौं : सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ। सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर […]