गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

  ।   २८ जेष्ठ २०७८, शुक्रबार १९:५८
मुख्ममन्त्रीमा दावी पेश गर्न गएको टोली । तस्बिरःउमेश पुन÷नागरिक

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

कांग्रेस सांसद बिन्दुकुमार थापाका अनुसार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर दावी पेश गरेको बताए । ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको उनले बताए ।

‘३१ जना नै स–शरिर उपस्थित भएर दावी पेश गरेका छौ । हस्ताक्षर पनि सनाखत भएको छ,’ थापाले भने ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ

२८ जेष्ठ २०७८, शुक्रबार १९:५८
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४बषिया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घ रोगी भएको जानकारी […]