रासस उत्कृष्ट समचारदाता पुरस्कार जुम्लाका विजय रावतलाई प्रदान 

लक्षमी न्याैपाने

जुम्ला राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्वसका अवसरमा उत्कृष्ट जिल्ला समाचारदातातर्फ पुरस्कार जुम्लाका विजय रावतलाई प्रदान गरिएको छ । जनही रु २० हजार राशिको पुरस्कार राससकर्मी रावतलाई प्रदान गरिएको हो ।

२०७५ सालबाट जिल्लामा बसेर सक्रिय राससमा कार्यरत रावतलाई राससको वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले रावतलाई उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार प्रदान गरेका हुन् ।

जुम्लाको  कर्णाली सरोकार दैनिकबाट पत्रकारिता सुरु गरेका रावत नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स र रासस जुम्ला समाचादातामा कार्यरत छन् ।

रावल कर्णाली सवाल अनलाइनका संचालक समेत हुन।  रासस यस अघिको ६० औं वार्षिकोत्वसमा २०७७ सालको सर्वोत्कृष्ट आलेखको समेत रावत पुरस्कृत भएका थियो ।

रावत हाल नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाकार र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य समेत हुन् । रावत लगायत उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार कृष्णराम परियार (हेटौँडा),र रञ्जिता अधिकारी (दाङ) लगायत रासस विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार र स्थानीय समाचारदातासहित ११ जनालाई राससले आफ्नो वार्षिकोत्वसको अवसरमा पुरस्कार र सम्मान प्रदान गरेको हो ।

पुरस्कारले पत्रकारिता प्रति थप जवाफदेहिता र जिम्मेवारी बोध भएको पत्रकार रावतले बताए । पुरस्कृत हुँदा खुसी व्यक्त गर्दै आगामी दिनमा थप शसक्त रुपमा कलम चलाउने उनको भनाई छ ।

 

सम्बन्धित शीर्षक