नेकपा एमालेबाट शान्तिलाल महतको उम्मेदवारी दर्ता

लक्ष्मी न्याैपाने

जुम्ला – जुम्लामा नेकपा एमालेको तर्फबाट शान्तिलाल महतले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमालेको प्रतिनिधित्व गर्दै महतले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका जुम्ला अध्यक्ष समेत रहेका महत उनी सादगी नेताका रुपमा चिनिन्छ । आज सम्म कुनै लाभको पद नलिएर एमाले पार्टी विस्तार संगै सामाजिक रुपान्तरणमा निन्तर खटिएका महतले पहिलो पटक संसदीय चुनावमा भाग लिएका हुन् ।

शान्तिलाल महत बाहेक अन्य उम्मेदवार परिक्षण भईसकेका छन् । भने जुम्ली जनताले कुनै पनि प्रतिनिधि दोहोर्याएको एतिहास छैन । यस हिसावले शान्तिलाल महत जितका दाबेदार उम्मेदवार हुन् ।

जुम्लाको आर्थिक विकास तथा सामाजिक रुपान्तरण तथा जनताले चाहेकै विकास गर्न एमालेलाई जनताले जिताउने उनको आशा छ । उम्मेदवारी दर्तापछि संचारकरर्मीलाई प्रतिक्रिया दिदै महतले एमालेलाई राष्टि्य निर्णायक शान्ति बनाउन र जुम्लाको विकास निर्माण, रोजगारी सृजना लगायत काम गरिने बताए

सम्बन्धित शीर्षक