लक्ष्मी न्याैपाने
जम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ शुक्रबार जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
जिल्ला न्यायधिष आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय लगायको सहभागितामा कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै जुम्लामा पनि कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिष आनन्दराज पन्तले जानकारी दिए ।
उनका अनुसार देश निर्वाचनमा होमिएकाले जुम्लामा शान्त,भयरहित वाताबरण निर्वाचन सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरिने छ ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ माघ ६गते बिहान ५० : ०० देखि ६ : ०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छ उम्मेदवारकाे मनाेनियन पत्र दर्ता गर्ने २०८२साल माघमहिना ६ गते समय बिहान दस बजे देखि साँझ पाच बजे सम्म
मनाेनयनपत्र दर्ता भयाेकाे उम्मेदवार काे सूचि प्रकाशन गर्न २०८२ साल माघ ६ गते साँझ ५ बजे देखि सात बजे सम्म
उम्मेदवार विराेधमा उजुरी दिने २०८२ साल माघ महिना बिहान दस बजे देखि दिउसाे तीन बजे सम्म
मनाेनयनपत्र र उजुरि उपर जाँच बुझ गरि निर्णय गर्न २०८२ साल माघ महिना सात गते समय दिउँसो तिन बजे र आठ गते साँझ पाँच बजे हुनेछ
उम्मेदवार काे नामावली प्रकाशन २०८२ साल माघ महिना आठ गते साँझ पाँच बजे देखि सात बजे
२०८२माघ९ बिहान १०.००देखि दिउसाे १.००एक बजे सम्म उम्मेदवारले नाम फिर्ता लिने छ।
मिति २०८२माघ महिना ९गतेदिउसाे १.००देखि ३.००बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।यस्तै, माघ ९ गते दिउसाे ४०:०० देखि साज ७:०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । विसं २०८२ / ११महिना २१ गते बिहान ७:०० देखि साझ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न हुनेछ













