शौचालयको अभाव हुँदा,  विद्यार्थीको पठनपाठनमा समस्या 

योगेश देवकोटा

साउन २७, जुम्ला

विद्यार्थी संख्या अनुसारको शौचालय नहुँदा विद्यार्थीहरुलाई कठिनाई भइरहेको छ । जुम्लाको चन्दननाथ नगरपािलकामा रहेको चन्दननाथ माध्यामिक विद्यालयमा यस्तो समस्या देखिएको हो । अहिले विद्यालयमा १ हजार ८ सया जनाको हाराहारीमा विद्यार्थी संख्या भएपनि आवश्यकता अनुसारको  शौचालय नहुँदा लाइनमा बस्नु पर्ने बाध्यातका कारण पढाईमा समेत बाधा पुगिरहेको कक्षा १० मा अध्ययनरत छात्रा सुजता काफ्लेले बताएकी छन् । उनका अनुसार सबै भन्दा बढी छात्राहरुलाई महिनावारी भएको समयमा शौचालय प्रयोगमा समस्या हुने गरेको छ ।

शौचालय अभावका कारण बिचमा पढाईलाई छुटाउनु पर्ने समस्या भोग्न परिरहेको विद्यालयका अर्का छात्र उज्वल उपाध्यायले बताए । उनले भने पहिला भएको शौचालय भत्काईएको र नयाँ शौचालय बनिनसकेको हुनाले अहिले समस्या भोक्न परेको छ । विद्यालयमा आउँदा पढाई भन्दा पनि शौचालयमा कसरी पालो पाइएला भन्ने चिन्ता रहेको उनिहरुको भनाईछ ।

यस्तै कक्षा १० मा अध्ययनरत अर्की छात्रा अनुपा शाहीले विद्यालयको शौचालयमा पानी पनि नहुँदा प्रयोगमा समस्या भइरहेको छ । उनले भनिन्, शौचालयमा लामो लाइनमा बसेर पालो कुर्नु पर्छ, त्यति गर्दा पनि शौचालयमा पानीको अभाव तथा छात्राहरुले महिनावारी भएको समयमा प्रयोग गरिएका स्यानीटरी प्याड व्यवस्थापन नगरेको हुनाले शौचालयमा धेरै दुर्घन्ध भइरहेको छ । त्यसले गर्दा अन्य सरुवा रोगको  शिकार भइने हो कि भन्ने चिन्ता समेत लाग्ने गरेको बताएकी छन् ।

यस्तै अर्का छात्र रमित सुनारले पनि शौचालयकै समस्या भएको हुृनाले विद्यालयमा आउन मन नलाग्ने गरेको बताएका छन् । शौचालयमा पालो कुर्दै गर्दा बिचमा पढाइ समेत छुट्ने गरेको बताएका छन् ।

यता चन्ददनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले विद्यालयमा भएको शौचालयको समस्या सही भएको हुनाले यसलाई समाधान गर्नको लागि सम्बन्धीत निकायमा पहल भइरहेको बताएका छन् ।

 शिक्षकहरुको लागि बनाइएको ५ वटा शौचालयमा काम चलाइ रहेको भएपनि विद्यार्थी संख्याको आधारमा शौचालय  अभाव रहेको छ ।   नयाँ शौचालय निर्माण कार्य अगाडी बढाइरहेको भएपनि समयमा निर्माण सम्पन्न नहुँदा समस्या भएको उनले जानकारी दिए ।  यसको लागि  पटक पटक विद्यालयको भवन तथा शौचालय निर्माणको जिम्मा लिएको भवन सहरी डिभिजन कार्यालय जुम्लामा समेत पत्रचार गरिसकेको बताएका छन् । अबको दुई हप्तामा निर्मणको जिम्मा पाएको निर्माण कम्पनीले निर्माण नगरेपनि वैकल्पीक उपायको खोजी गरिने बताएका छन् ।

सम्बन्धित शीर्षक