तिला गाउँपालिका -५ लाई  बालविवाह मुक्त वडा घाेषणा 

  तिला गाउँपालिका -५ लाई  बालविवाह मुक्त वडा घाेषणा

  लक्ष्मी न्याैपाने

जुम्ला । जुम्लाको तिला गाउँपालिका ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । साेमबार एक कार्यक्रम आयोजना गरी तिला ५ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हाे ।

यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ। बालविवाहले महिलाको स्वाथ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ । तिला ५ मा १ हजार ९ सय ५१ जनसंख्या रहेकाे छ । २ सय ६५ घरधुरी रहेकाे उक्त वडामा १ हजार १ सय १० महिला र ८ सय ४१ पुरूषकाे संख्या रहेकाे छ ।

परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियानले सार्थक पाएकाले वडा लाई बाल विवाह मुक्त वडा घाेषणा गरिएको वडा अध्यक्ष ललित बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार, गत वर्ष वडामा ४ वटा बालविवाहका घटना भएका थिए ।  वडा सरकारकाे पहलमा सबै बालविवाह राेक्न सफल भएको वडाअध्यक्ष शाहीकाे भनाइ छ । तर याे आर्थिक वर्षकाे हाल सम्म वडामा बालविवाहका घटना शून्य रहेकाे बताए ।

उनले भनले भने, ‘अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ। बालविवाह गर्नेलाई गाउँपालिका र वडा बाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने संस्कारकाे विकास गरेकाे बताए ।

यसको लागि वडामा रहेका ४ वटा बस्तीमा बालक्लब गठन गर्ने देखि बाल बिवाह हुन नदिनका लागि विभिन्न क्रियाकलाप गर्दै आएकाे वडा अध्यक्ष शाहीले बताए ।

यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले जिल्लामा बाल विवाह मुक्त वडा घाेषणा धमाधम हुने गरेका छन् । घाेषणा मात्र गरेर नहुने भएकाले सबै वडा बासिले व्यवाहारमा लागू गर्नु पर्ने बताए ।  ।

उनले भने, बाल बिवाह हाम्रो समाजकाे लागि एक क्यान्सरको रूप हाे । यसलाई समयका निराकरण तर्फ नलागे पछि ठुलाे रूप लिने हुदा समयमै सबै सचेत रहनु पर्ने बताए ।

त्यस्तै तिला गउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले तिला गाउँपालिकाले बाल बिवाह मुक्त र बालमैत्री स्थानीय शासन घाेषणाका कार्यक्रम लाई तिब्र रूपका अगि सारेकाे बताए ।

पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावकले निगरानी नगरेकै कारणले बालविवाह हुने भएकाे हुदा सबैले आफ्ना बालबालिकालाई जाेगाइ राख्ने पर्ने बताए ।नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने बताए । उनका अनुसार, समाजकाे क्यान्सर र बिकृतिका रूपकाे बालविवाह लाई सबैकाे हातेमालोका साथ पाखा लगाउनु पर्ने बताए ।

किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले  तिला गाउँपालिकामा गत वर्षमा ४ वटा विवाह भएका थिए । तर याे आर्थिक वर्षकाे हाल सम्ममा २० वर्षमुनि बिहे गर्ने शून्यमा झरेको बताए।

मुलुकी अपराध संहिता, २०७४ ले २० वर्ष नपुगी विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ।

त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ।

तिला गाउँपालका वडा नम्बर ५ काे आयाेजना र किर्डाक नेपाल र वल्ड भिजन ईन्टरनेष्नल नेपालकाे सहजीकरण कार्यक्रम गरिएको थियाे

सम्बन्धित शीर्षक