हिमा गाउँपालिका बालविवाहमुक्त घोषणा हुँदै

लक्ष्मी न्याैपाने

हिमा गाउँपालिकालाई  जुम्लाकै पहिलाे  बालविवाह मुक्त घोषणा गर्नका लागि संघीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी जुम्ला आउने भएका छन् । मन्त्री सुडीद्धारा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने छ । २० वर्ष मुनि विवाह गर्नेको सङ्ख्या शून्यमा झरेपछि पालिकाले वडा हुँदै पालिका नै बालविवाह मुक्त बनाउन सफल भएको हो ।

आगामी जेठ ११ गते हिमालाई जुम्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्ने अन्तिम तयारी भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार यस अघि हिमाका सात वटै वडा विभिन्न मितिमा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । वडा घोषणा सँगै पालिका घोषणाको तयारीमा रहेको हिमाले पालिका घोषणाका लागि सबै सूचकहरू पूरा भइसकेको समेत जानकारी दिएको छ ।

  जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने भएको छ । एक नगरपालिका सहित सात गाउँपालिका गरी आठ वटा स्थानीयतह रहेकोमा जुम्लाकै पहिलो पालिकाका रुपमा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा हुने भएको हो ।

भव्य समारोहका बीच बालविवाह मुक्त घोषणा हुने भएकोले कार्यक्रमको तयारीलाई तीव्र पारिएको हिमा गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित शीर्षक