लक्ष्मी न्याैपाने,जुम्ला ।
जुम्ला तातोपानी गाउँपालिकाका महिलाले महिनावारी प्याड बनाउन थालेका छन । स्थानीय स्राेत साधन र प्रविधिको प्रयाेग गरेर प्याड बनाउन थालेका हुन ।महिलाले आफुसँग भएको नरम कपडाकाे महिनावारी प्याड निर्माण गरि प्रयाेग समेत गरेका छन । दुई दिने तालिमकाे आयाेजना गरेर उनीहरूलाई प्याड बनाउन सिकाईएकाे हाे ।
हामसंग प्रयाप्त स्राेत साधन छन,तातोपानी ६ कि छिता कामीले भनिन्,´ त्यही प्रयाेग परेर प्याड बनाउदै आइरहेका छाैं ।`
यसअघि महिनावारी हुँदा प्याडको प्रयोग नगर्ने कामीले अब महिनावारी भएको समयमा आफैँले प्याड निर्माण गरेर प्रयोग गर्न सक्ने भएको बताइन । महिनावारी भएको समयमा महिलाहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने उनकाे भनाइ छ ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले भविष्यमा प्याड उद्योग नै चलाउने गरेर काम भइरहेको बताए । उनले भने,´ बजारमा पाइने प्याडसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय प्याड बनाएर बजार सम्म बेच्न लैजान सकिनेछ ।`
उपाध्यक्ष रेवती रावलले स्थानीय स्तरमा उत्पादन हुने प्याड सहजै रूपमा उपलब्ध गराउन सकिने बताइन । उनले सबै महिलाले प्याड बनाएर प्रयाेग गर्ने सीप दिइरहेको बताइन ।
याैन तथा प्रजनन स्वास्थ्यकाे लागि मर्यादित महिनावारी
परियाेजना प्रमुख हेमराज भट्टले महिनावारी भनेकाे सफा र शुद्व रगत बग्ने प्रक्रिया भएकोले यसलाई विभेदकाे रूपले हेर्न नहुने बताए । आफुले पनि महिनावारी विभेद गर्ने नगरेकाे बताउदै उनले अरूलाई नगर्न आग्रह गरे ।
तातोपानी गाउँपालिका वडा न २का हरिभक्त परियारले प्याड बनाउने सीप दिइएका थिए । दुइ दिन सम्म चलेकाे तालिममा प्याड बनाउने र प्रयाेग गर्ने बारेमा सहजीकरण भएको थियाे ।
याैन तथा प्रजनन स्वास्थ्यकाे लागि मर्यादित महिनावारी
परियाेजना अधिकृत देबकी खडकाले महिनावारीका बेला प्रयोग गर्नका लागि आवश्यक पर्ने सेनिटरी प्याड निर्माणसम्बन्धी महिलालाई तालिम प्रदान गरिएको जानकारी दिइन । महिलाहरुसँग हुने कपडाबाट प्याड तयार गरी महिनावारी भएको समयमा प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको उनकाे भनाइ छ । तालिममा तातोपानी गाउँपालिका १ देखि ८ वडा सम्मका २० जना स्थानीय महिला सहभागी थिए ।
पेस नेपालसंगकाे साझेदारीमा तातोपानी गाउँपालिकाले तालिम दिइएको थियाे ।













