मुगुमा भोलीदेखि १ सय ६ वटा केन्द्रबाट ज्येष्ठ नागरिकलाई खोप लगाइँदै ।

  ।   २४ जेष्ठ २०७८, सोमबार १९:५९

मुगुमा भोलिदेखि १ सय ६ वटा खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि पहिलो मात्राको भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहलाई दिने घोषणा गरेपछि सोही अनुसार तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराईलेआज पत्रकार सम्मेलन गर्दै ६० देखि ६४ उमेर समुहका व्यक्तिलाई भेरोसेल खोपको प्रथम र दोस्रो मात्रा सुनिश्चितता हुने गरि खोप लगाउने व्यवस्था अनुसार जिल्लाका खोप केन्द्र बाट लगाईने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक तयारी भइसकेको पनि जानकारी दिनुभयो । खोप लगाउनेलाई आफ्नो परिचय खुलाउने नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात ल्याउन अनुरोध गरेको छ । कार्यालयले सामाजिक दूरी कायम गरी सुरक्षाको मापदण्ड अपनाएर खोप लगाउन आग्रह गरेको छ । छायानाथ रारा नगरपालिकामा ३१, सोरु गाउँपालिकामा २४,खत्याड गाउँपालिकामा ३४र मुगुम कार्मारोङ् गाउँपालिकामा १९ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

 

Next Post

हिमशिखर माविमा लगातार तीन पटक चोरी, दुई चोर प्रहरी नियन्त्रणमा

२४ जेष्ठ २०७८, सोमबार १९:५९
जुम्लाको तातोपानी गाउँपालिका २ मा रहेको हिमशिखर माविमा तोडफोड संगै चोरी गर्ने दुइ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तातोपानी ६ का २३ बर्षिय हरिदत्त बुढ्थापा र १७ बर्षिय हस्त खड्का रहेका छन । सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो । चोरी गरिरहेकै अबस्थामा विव्यस […]