नेपालमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जना पत्रकारको मृत्यु

  ।   २४ जेष्ठ २०७८, सोमबार १९:४१

नेपालमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना सङ्क्रमणको चपेटामा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ।महासंघका महासचिव रोशन पुरीले कोरोना सङ्क्रमणबाट पत्रकारहरु सङ्क्रमित हुने दर दिनदिनै बढेको बताउनुभयो । देशैभरीमा अहिलेसम्म ९ सय ५० जना पत्रकार सङ्क्रमित भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।हाल २ सय जनाभन्दा बढी पत्रकारहरु कोरोनाका कारण सङ्क्रमित भएर उपचाररत र आइसोलेसनमा रहेको पनि उहाँले जानकारी दिनुभयो । महासंघले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ।

Next Post

कर्णालीको बजेट अधिवेशन आजदेखि सुरु ।

२४ जेष्ठ २०७८, सोमबार १९:४१
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका अधिवेशन आह्वान, मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, […]

सम्बन्धित