कर्णाली प्रदेशसभा मन्त्रीको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध 

  ।   २४ जेष्ठ २०७८, सोमबार १९:३३


नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गरेका छन्। कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको? भन्दै प्रश्न गरे। उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्। एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन्।

Next Post

नेपालमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जना पत्रकारको मृत्यु

२४ जेष्ठ २०७८, सोमबार १९:३३
नेपालमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना सङ्क्रमणको चपेटामा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ।महासंघका महासचिव रोशन पुरीले कोरोना सङ्क्रमणबाट पत्रकारहरु सङ्क्रमित हुने दर दिनदिनै बढेको बताउनुभयो । देशैभरीमा अहिलेसम्म ९ सय ५० […]