कोरोना कहरमा चन्दननाथ भैरब नाथ सेरा जिउलाको रोपाइँ

  ।   २४ जेष्ठ २०७८, सोमबार १९:२४

कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइ गरिएको हो । प्राचिनकाल देखि यो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ चलेको हो ।
गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत कोरोना कहरका बीच पनि मार्सीधान रोप्ने काम भएको बताउँछन । उनले भने,‘ मास्क लगाएर सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर धान रोपियो । जस्तो सुकै संकट आएपछि यो जीउलो बाँझो राख्नु हुदैन् ।’
गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् रुपमा रोपाई महोत्सव गरेर शेरा जीउलोमा धान रोपाइँ हुदै आएको थियो । यो बर्ष कोरोना भाइरसको जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि नगरि खेतमा कालिमार्सी धान रोपिएको उनले बताए ।
हरेक वर्ष जेठ १४ गते रोपिने शेरा जीउलो केही बर्ष देखि जेठ २४ गते रोपिने गरिएको छ । नियमित सिचाइँ कुलो असुविधाका कारणले रोपाइँ कार्यतालिका प्रभावित हुने गरेको छ । यो वर्ष २२ भारी धान रोपिएको छ ।
जेनेटर बाट पानी तानेर खेतमा रोपाइँ चलेको हो । पहिला एक सय भारी धान रोपिन्थ्यो । त्यसपछि घटेर ५६ भारी रोपिने गरियो । केही बर्ष यताबाट २२ भारी धान रोप्ने गरिएको हो ।
मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुन्छ,गुठी समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यया भने,‘परम्परागत विधि हो । यसको जगेर्ना गर्न जरुरी छ । ’
मन्दिरको जीउलोमा मार्सीधान रोपाइँका गर्न चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाले सहयोग गर्ने गरेको छ । यो बर्ष ६३ जना महिलाहरु रोप्नेरी लगाइएको थियोे । सबै रोप्नेरीहरुलाई माक्स, स्यानिटाइजरको व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरिएको सहकारीका सचिव क्रृषिराम पाण्डेले जानकारी दिए ।
रोप्नेरी र हलिलाई ज्याला गुठि समितिले व्यवस्थापन गरेको थियो । प्रति रोप्नेरीलाई ५ सय रुपैयाँ र हलिलाइ प्रति १ हजार ३ सय रुपैयाँ दिएकोे अध्यक्ष पुर्णसिंह कठायत बताउँछन । रोपाइँको दिनको सबै सम्पूर्ण प्रसाद खर्च गुठि समितिका अध्यक्ष आफैले गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले रोपाइँमा सामाजिक तथा व्यक्तिगत दुरी कायम गरि अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,‘ स्वास्थ्य सुरक्षा मापदण्डको अनिर्वा पालना गर्न भनिएको थियो । सोही बमोजिम रोपाइँ भएको होला । ’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी थापा सहितको टोली रोपाइँ स्थलमै पुगेका थिए ।
मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले रोपाइँको अगुवाइ गर्दै आएको गुठी समितिका सचिव अंगदप्रसाद देवकोटा बताए । रोपाइँमा स्थानीय महिला,विद्यार्थी लगायतको सहभागितामा रोपिदै आएको शेरा जीउलोमा यो पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा मात्र सहभागि रहेको गुठीका समितिका खरिदार रत्नप्रसाद आचार्यले बताए । शेरा जीउलोको ३३ मुरी खेतमा प्रत्येक बर्ष मार्सीधान रोपिदैँ आएको छ ।

Next Post

कर्णाली प्रदेशसभा मन्त्रीको राजीनामा माग्दै एमालेद्वारा सदन अवरुद्ध 

२४ जेष्ठ २०७८, सोमबार १९:२४
नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गरेका छन्। कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको? भन्दै प्रश्न गरे। उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर […]