जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि

जुम्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आरटी पिसिआर परिक्षण गरेको थियो ।
कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरि १ सय २३ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेल गयाप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने,‘ कारागारमा कोरोना लक्षणका बिरामी भेटिएपछि पिसिआर परिक्षणका लागि अस्पताललाई आग्रह गयौँ । सोही अनुसार परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भयो । ’ संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीवन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ ।
कारागारमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको कारागार शाखा जुम्लाले जनाएको छ । महिलाहरुलाइ अलग गरेर आइसोलेसन वार्ड बनाएकोछ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले भने,‘संक्रमितको अवस्था हेरेर अस्पताल लिने ल्याउने कार्य भइरहेको छ । संक्रमितको नियमित रेखदेख र औषधि उपचार भइरहेको उनले बताए ।
संक्रमितले आफुलाई अफ्ठयारो भएको खण्डमा खबर गर्छन्, उनले भने,‘ उनीहरुलाई लक्षण अनुसारको औषधि प्रयोग गर्ने गरिएको छ । ’

सम्बन्धित शीर्षक