कोरोना रोकथाम तथा नियन्त्रणमा नेपाल रेडक्रसको सहयोग

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटीले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
महामारीका रुपमा फैलिरहेको कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमणको जोखिमलाई न्यूनिकरण तथा नियन्त्रण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । यो स्वास्थ्य सामाग्री चाइनाको रेडक्रस सोसाइटीले पठाएको थियो । रेडक्रस जुम्ला शाखाले कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा एक बर्ष देखि कोभिड पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि गराउने, कोभिड सम्वन्धि सहि सूचना प्रवाह गर्ने, वाल संरक्षण सम्वन्धि गतिविधि सञ्चालन गर्नुका साथै कन्टयाक्ट टे«सिङमा सहयोग गर्ने, समुदाय र विद्यालयहरुमा स्वच्छ खानेपानी तथा सरफसाई सम्बन्धि गतिविधिहरु सञ्चालन गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका मन्त्री इन्द्रराज डाँगीका अनुसार चाइना रेडक्रस सोसाइटीबाट सर्जिकल मास्क २६ हजार थान,एन नाइन्टी फाइभ मास्क ८ सय ५० थान र पिपिई सेट २० सेट प्राप्त भएको थियो ।
प्राप्त स्वास्थ्य सामाग्री डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेषबहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पुर्व केन्द्रीय सदस्य ललितजंग शाहीले हस्तान्तरण गरेका थिए ।
डिसीसीएमसीलाई सर्जिकल मास्क १० हजार थान, पिपिई २० सेट हस्तान्तरण गरिएको थियो । बाँकी रहेको स्वास्थ्य सामाग्री नेपाल रेडक्रस शाखा जुम्लका उपशाखाहरु मार्फत स्थानीयतहका प्रतिनिधिको रोहबरमा समुदायलाई प्रदान गरिने मन्त्री डाँगीले बताए । उनका अनुसार जुम्लाका एक सय परिवारका लागि पुग्ने गरि गैरखाद्य सामाग्री केन्द्रीय कार्यालय संग माग गरिएको छ ।

सम्बन्धित शीर्षक