मुगुमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक मुगुमा एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायानाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । उनका अनुसार ती वृद्धलाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एक हप्तादेखि बिरामी हुँदा पनि ती वृद्ध अस्पतालमा जान नमानी घरमा नै रही जडीबुटी सेवन गरेको बताइएको छ । वृद्धको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा संक्रमित संख्या वृद्धि भए पनि मृत्यु भएको थिएन । हालसम्म २९४ संक्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित शीर्षक