कोभिड मैदानमा जुम्लाका यी तीन उपाध्यक्ष

लक्ष्मी न्यौपाने,

जुम्ला तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा कोरोनाको संक्रमण फैलन नदिन निकै सक्रिय छिन् । उनी आफ्नो गाउँपालिका भित्रका नागरिकलाई कोरोना संक्रमणबाट बच्न सचेतना फैलाउँछिन । आइसोलेसन निर्माण, कोभिड अस्पताल व्यवस्थापन र संक्रमितको रेखदेख र व्यवस्थापनमै खटिदै आएकी छिन् । उपाध्यक्ष बुढालाई स्वास्थ्यकर्मीको पुर्ण साथ छ ।
उनको नेतृत्वमा तिला गाउँपालिका २ को कृषि भवनमा आइसोलेसन निर्माण भएको छ । उनले भनिन्,‘कोरोना भाइरस सामुहिक समस्या हो । यो एक व्यक्तिले चाहेर संक्रमण रोक्न सकिदैन् । सबैको सामुहिक प्रतिबद्धता र सामुहिक पहलले मात्र संक्रमण रोक्न सकिन्छ ।’
गाउँपालिका भित्र तीन ठाउँमा हेल्थ डेस्क स्थापना भएका छन । तीन वटै ठाउँमा राखिएका हेल्थ डेस्कमा दैनिक जसो पुग्छिन् । स्वास्थ्यकर्मीको हौसला दिने र हेल्थ डेस्कको व्यवस्थापनका लागि पहल गरिरहेकी छिन ।
अहिले गाउँपालिकामा १२ जना सक्रिय संक्रमित छन् । जसमध्ये तीन जना आइसोलेसनमा राखिएको छ । सबै होम आइसोलेसनमा छन । संक्रमितलाई कोरोना भाइरस संग लड्नको लागि उर्जा प्रदान गर्न पहल भइरहेको छ । आइसोलेसनमा बसेकालाई रेखदेख व्यवस्थापन सबै भइरहेको छ । होमआइसोलेसनमा बसेकालाई सेनिटाइजर मास्क दिने र नआत्तिनको लागि सुझाव दिने गरिएको उपाध्यक्ष बुढा बताउँछिन । उनका अनुसार सामान्य रुघाखोकी,ज्वरो जस्तो लक्षण देखिएको अवस्थामा प्रयोग गर्न मिल्ने औषधि दिइएको छ ।
उनले भनिन्,‘कोरोना भाइरसको संक्रमण रोक्नेको लागि बन्दाबन्दीको पुर्ण पालना गर्नु नै हो । जब सम्म स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुदैन् । तब सम्म संक्रमण फैलिइरहन्छ । त्यसलै घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाइजर लगाउने र सामाजिक तथा व्यक्तिगत दुरी कायम राख्नु नै हो, उनले थपिन,‘गाउँमा यही तरिकाले सचेतना फैलाउने कार्य भइरहेको छ । ’ तिला गाउँपालिकामा २५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल छ । कोरोनो संक्रमणको पहिलो लहरमा उनी गाउँगाउँमा पुगेर सचेतना फैलाउने कार्यमा अग्रसर थिइन ।
जुम्ला हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया अहिले कार्यवहाक अध्यक्ष हुन् । अध्यक्ष रजबहादुर शाहीलाई कोरोना पोजेटिभ देखिएपछि उनी कोरोना संक्रमण नियन्त्रण र रोकथाममा निकै सक्रिय छिन् । उनी हरेक बस्तीमा गएर सचेतना फैलाउँछिन । कोरोना संक्रमणबाट बच्न र बचाउनको लागि आग्रह गर्छिन । कोभिड अस्पताल र आइसोलेसन व्यवस्थापनका खटिएकी छिन् । कार्यबहाक अध्यक्ष रोकायाले भनिन्,‘गाउँपालिका भित्र रहेका संक्रमितको स्वास्थ्यकर्मीको परामर्शका आधारमा निगरानी राख्ने कार्य भइरहेकोछ । आइसोलेसन व्यवस्थापन र टेस्टिङ,ट्रेसिङ प्राथमिकता दिइएको छ ।
उनले भनिन्,‘आफ्नो क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागि परेका छौँ । स्थानीयले पनि साथ दिएका छन । कर्मचारी र स्वास्थ्यकर्मीको पनि पुर्ण साथ छ । ’ हिमा गाउँपालिकाको मोफ्ला र कालिकाखेतुमा आइसोलेसन बनेका छन । ५ बेडको चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छ ।
उनले जनताको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिएर लागि परेको बताइन । कार्यबहाक अध्यक्ष भएकोले रोकायाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि सहभागि हुने गर्छिन । बैठक आफै सहभागि हुदाँ गाउँपालिकामा निर्णय कार्यन्वयन गर्न सहज हुने गरेको अनुभव उनको छ ।
कनकासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खत्री भण्डारी अहिले कार्यवहाक अध्यक्ष हुन । गाउँपालिका अध्यक्ष विसञ्चो भएपनि काठमाण्डौँमै छन । कोरोना कहरमा उपाध्यक्ष खत्री निकै खटिएकी छिन् । उनी स्वास्थ्यकर्मी र कर्मचारीको सहयोग लिएर आइसोलेसन व्यवस्थापन, निर्माण र कोभिड अस्पताल सञ्चालनमा लागि परेकी छिन् । उनले भनिन्,‘गाउँपालिका भित्र प्रवेश गर्ने र बाहिर जानेको तथ्यांक राख्ने गरिएको छ । प्रत्येक स्वास्थ्य संस्थालाई कोभिड रोकथाम तथा नियन्त्रणमा लाग्न निर्देशन दिइएको छ । ’
उनीहरुले आफु जोखिममा रहेर पनि संक्रमितको व्यवस्थापन र रेखदेख गर्न तयार रहेको बताए । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको अनुगमनका क्रममा जिल्लाको तिला, हिमा र कनकासुन्दरी गाउँपालिकाका उपाध्यक्षले कोरोना कहरमा खेलेको भुमिका प्रसंसनीय रहेको देखिएको थियो ।
यी तिन वटै स्थानीयतहमा उपाध्यक्ष निकै सक्रिय थिए । टोलीले जिल्लाका एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा पुगेर अनुगमन गरेको थियो । तिन वटै स्थानीय तहमा उपाध्यक्षहरुले संक्रमित होमआइसोलेसनमा बस्ने गरेको समस्या भइरहेको बताएका थिए ।

सम्बन्धित शीर्षक