प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  ।   १० आश्विन २०७७, शनिबार ०६:१६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हवाई तथा स्थलगत यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।

विभागले अझै केही दिन मनसुन सक्रिय रहने जनाएको छ ।

Next Post

कविताबाट बलात्कारको बिरोध

१० आश्विन २०७७, शनिबार ०६:१६
सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् । द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, […]