जुम्ला खेलकुदको अध्यक्ष पाण्डे, सदस्य सचिवमा आचार्य

  ।   ५ जेष्ठ २०७८, बुधबार १८:४८

जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्यलाई जिम्मेवारी दिएको हो ।
अध्यक्ष पाण्डेले सुर्खेतमै सपथ ग्रहण गरेकोमा सदस्य सचिव आचार्यले बुधवार सपथ लिएकी हुन । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पाण्डेबाट सदस्य सचिव आचार्यले सपथ लिएकी हुन ।
सदस्य सचिव आचार्य कर्णालीमा एक मात्र सदस्य सचिव नियूक्त भएको खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले जानकारी दिए । अध्यक्ष पाण्डे जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन भने आचार्यको घर गुठिचौर ५ रहेको छ । खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल विकासलाई अगाडि बढाउने उनले बताइन ।
सदस्य सचिव आचार्यले कर्णाली सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने र जुम्लाको खेल क्षेत्रको बढ्वाको लागि सवैको सहकार्यमा अगाडि बढ्नेमा जोड दिइन ।
कोरोना प्रभावका कारण यो बर्ष राष्ट्रपति रनिङशिल्ड देखी खेलकुदमा धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको विकासका लागि अघि बढ्न आवश्यक रहेको उनले बताइन ।
२०६४ सालबाट राजनितिमा सक्रिय रहेकी सदस्य सचिव आचार्य विद्याथी हकअधिकार र महिला अधिकारका बिषयमा वकालत गर्दै आइराखेकी छिन । हाल अनेम संघ (क्रान्तिकारी) गुठिचौर गाउँपालिका सदस्य हुन । खेलकुद क्षेत्रमा महिलाको प्रतिनिधित्व समान हुनु पर्ने बिषयमा आफुले आवाज उठाउने उनले बताइन । उनले भनिन्,‘कर्णाली खेलकुद क्षेत्रको राम्रो संभावना बोकेको क्षेत्र हो । खेलक पर्यटनका हिसावले पनि निकै संभावना देखिन्छ । सबै मिलेर खेलकुद क्षेत्रको प्रवद्र्धनमा लाग्नेछौँ । ’
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदको नारालाई साकार पार्दै जुम्लामा राष्ट्यि तथा अन्तराष्ट्यि खेलाडी उत्पादन गर्न सक्ने गरि खेलकुद क्षेत्रको विकास हुनु पर्नेमा जोड दिइन् ।

Next Post

विवेकशील साझाले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

५ जेष्ठ २०७८, बुधबार १८:४८
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। साझाले राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे भएकाे छलफलकाे निष्कर्ष निकाल्दै आज हुदैँ गरेको निर्वाचनमा मतदान नगर्ने निर्णय विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै बताएका छन्। पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गृहमन्त्री […]