जुम्ला प्रशासनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

लक्ष्मी न्यौपाने,जुम्ला
किडार्क नेपाल जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाई खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किडार्क नेपाल जुम्लाको सहजीकरणमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
जिविकोपार्जन अधिकृत सरु महत,भरत नेपाली,बविता खड्का र अजित थापाको टोलीले जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
कुल ६ लाख ५८ हजार ८ सय २३ रुपैया“ बराबरको सामान दिइएको किडार्क नेपाल जुम्लाले जनाएको छ । हस्तान्तरण गरिएका सामानहरुमा बेच्चा ५३वटा साबुत,साबेल सानो १० वटा,साबेल ठुलो १७ वटा,क्रोबर ९ थान,फायरलेदर,बन्चारो ४ थान,पिंक २ थान,१ बेसाबुत,फायर भर्याङ २ थान,म्याट्रेस ४१ थान, सानो म्याट्रेस २ थान,फायर एक्सटिङगुईसर ७ थान,बोल्ड क्वाटर २ थान, हेलमेट ३७ थान,१३ वटा सेफ्टी हेलमेट,रेट सोलबुट १६ जोर हस्तान्तरण गरिएको हो ।
यसैगरी होइड्रोलिक पम्प ३ थान,फायर सुट १० थान,रबर ट्युब १९ थान,लाइनडोरी १ थान,रोब ३ थान एक बेसाबुत,अक्सिजन सिलिण्डर १ थान,मेगाफोन ६ थान,लेदर पञ्जा १२ जोर,लाइफ ज्याकेट ११ थान,स्टेचर ३५ थान र वाटरबुट ७ जोर दिइएको हो ।
सामान बुझ्दै प्रमुख जिल्ला अधिकारी केसरीले विपदको लागि प्राप्त सामाग्रीहरुको सही रुपमा सदुपयोग हुने बताए । सामानहरु नजिकैको प्रहरी चौकीहरुमा संकलन गरेर राख्न समेत सुझाव दिए । जिविकोपार्जन अधिकृत महतले विपद्लाई मध्येनजर गर्दै सामाग्री र सचेतना प्रदान गर्दै आइरहेको बताइन् ।
विपद् सामाग्री हस्तान्तरण कार्यक्रममा गाउ“पालिकाका अध्यक्षहरु,विपद शाखा प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु,नागरिक समाज र राजनीतिक दलहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक