रेडियो नेपाल जुम्लाका संवाददाता परियार तातोपानी पत्रकार मञ्च अध्यक्षमा चयन

लक्ष्मी न्यौपाने

  ।   १७ फाल्गुन २०७९, बुधबार १४:५०

रेडियो नेपाल जुम्लाका लागी संवाददाताका रुपमा कार्यरत सागर परियार तातोपानी पत्रकार मञ्चको अध्यक्षमा चयन भएका छन् ।पत्रकार परियारको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरिएको हो। जिल्लाको तातोपानी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । तातोपानी गाउँपालिका भित्रका पत्रकाहरु संगठित भई पत्रकार मञ्च गठन गरेका हुन।

तातोपानीका पत्रकारहरुबीच भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेर तातोपानी पत्रकार मञ्च गठन गरिएको छ ।उक्त भेलाले पत्रकार सागर परियारलाई अध्यक्षमा चयन गरेको हो। यस्तै मञ्चको उपाध्यक्षमा रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपानेलाई चयन गरिएको छ ।

रेडियो खुल्ला आकाश जुम्लाका मानबहादुर कुँवरलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । सह सचिवमा प्रकाश कामी चयन भएका छन् । उनी जुम्लादर्पण डटकमका कार्यकारी सम्पादक हुन् । रेडियो खुल्ला आकाशमै कार्यरत सरिता पराजुलीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । सदस्यहरुमा कृष्णमाया उपाध्याय, बरमराज कामी, डिल्ली कामी र दशरथ चनरा चयन भएका हुन् ।

यस्तै भेलाले अग्रज पत्रकार तथा प्राध्यापक प्रकाश चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यी सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा क्रमश खड्कबहादुर स्वार केबी जुम्ली ,पूर्णप्रसाद चौलागाई, नन्दराम जैशी र शुभाकर विश्वकर्मा रहेका छन् । उक्त भेलामा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाई, प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतको सहभागिता रहेको थियो ।

Next Post

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचन सम्पर्क कार्यलय स्थापना

१७ फाल्गुन २०७९, बुधबार १४:५०
जुम्लामा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचनको सम्पर्क कार्यलयको उद्धघाटन गरिएको छ। राष्टिय प्रजातन्त्र पाटीका पूर्व कन्द्रिय सदस्य मनसुर नेपालीको प्रमुख आतिथ्यमा राष्टिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचन सम्पर्क कार्यलयको बिहिबार उद्धघाटन गरिएको हो। यस्तै हरि थापाको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरिएको छ। उक्त कमिटिको अध्यक्षमा हरि […]