कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा नियुक्त हुनुभएका कर्णाली प्रदेशका दुई जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज एक समारोहका बीच नवनियुक्त आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री  सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्री द्वय नेकपा (माओवादी केन्द्र)का सांसद हुनुहुन्छ ।

सम्बन्धित शीर्षक