खरायो कोरोना, कछुवा सरकार कोरोना संक्रमण खरायोजस्तो दौडिरहेको छ, ओली सरकारको तयारी र नेतृत्व भने कछुवाको चाल जस्तो छ ।

  ।   ३ जेष्ठ २०७८, सोमबार १०:२५

कोरोना महामारीले विज्ञान र प्रविधिलाई समेत हार खुवाउँदै सिंगो मानव जातिलाई नै त्राहिमाम् बनाइरहेको छ । विज्ञानका आविष्कारहरू निरीह भएका छन् । संक्रमणको फैलावटको तीव्रता रोक्न भीमकाय प्रविधिहरू असफलप्रायः भइरहेका छन् । यो वैश्विक आतंकबाट हामी नेपाली पनि प्रताडित भइरहेका छौं । न आँखाले देख्न सकिन्छ, न बारले छेक्न सकिन्छ, न त औषधि–उपचारले नै रोक्न सकिरहिएको छ !

संसारभरका मानिस कोरोना भाइरसबाट त्रस्त छन् । करोडौं संक्रिमत भइसकेका छन् । तीमध्ये पनि विज्ञहरूको भनाइमा अहिले नेपाल उच्च जोखिममा छ । खास गरी दक्षिणपन्थी डेमागगहरूको शासन रहेका ट्रम्पकालीन अमेरिका, ब्राजिल र भारत हुँदै नेपालसम्म कोरोनाको फैलावट भयानक देखिएको छ । क्षतिको आकलन मात्रले पनि नागरिकको आङ सिरिंग हुन्छ । भलै, अमेरिकामा डोनाल्ड ट्रम्पको बिदाइपछि कोरोना ओरालो लागेको छ र नागरिकले राहतको सास फेर्न थालेका छन् ।

Next Post

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

३ जेष्ठ २०७८, सोमबार १०:२५
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा नियुक्त हुनुभएका कर्णाली प्रदेशका दुई जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज एक समारोहका बीच नवनियुक्त आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री  सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई पद तथा गोपनीयताको शपथ […]

सम्बन्धित