कालिकोटका संक्रमितको जुम्ला अस्पतालमा मृत्यु

कालिकोटका एक कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको छ । कोरोना संक्रमितको अक्सिन अभावका कारण कालिकोट कोभिड अस्पतालबाट जुम्ला रेफर गरिएको थियो । एम्बुलेन्सबाट जुम्ला अस्पताल ल्याइएका संक्रमितको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । यो पहिलो घटना हो । प्रतिष्ठानको आईसियूमा रहेका कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए । उनले भने, ‘उनको उपचारको क्रममा मृत्यु भएको हो ।’
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंह उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको बताए ।उनले भने,‘जुम्लामा उपचार गराउदै गरेका कालिकोटका संक्रमितको मृत्यु भएको छ । अव सबै सावधान हुन आवश्यक छ। ’
कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेको छ । अहिले २७ जना विरामी अस्पताल भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ । अधिकांस संक्रमित होमआइसोलेसनमा बसिरहेका छन ।

सम्बन्धित शीर्षक