जुम्लाको तातोपानी ४ गौतमवाडामा भीषण आग्लागी लाखौंको क्षति।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गौतमबाडामा आगलागी भएको छ । आइतबार विहान पाँच बजेतिर स्थानीय काली बहादुर खत्री र जीत बहादुर खत्रीको घरमा आलगागी भएको हो । आगलागीबाट दुवै जनागरीस् १८ कोठे घर जलेर खरानी भएको छ । उक्त घरमा ९ जना परिवार बस्दै आएका थिए ।?

 

आगलागी पीडित खत्रीले घरमा भएको नगद १३ लाखसहित पाँच तोला सुन लत्ता कपडा, अन्नपात भाँडाकुँडा सबै जलेका बताए । यस्तै आगलागी पीडित जीत बहादुर खत्रीले आफ्नो पनि ६ लाखसहित घरको अन्नपात, लत्ताकपडा सबै नष्ट भएको बताएका छन् । आगलागीबाट घर सम्पूर्ण रुपमा जलेपछि दुवै जनाको परिवार घरबार विहीन भएका छन् । ६० लाख बढी क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच, आगलागी पीडितलाई तातोपानी गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाले उनीहरुको घरमै गएर ७० हजार बराबरको भाँडाकुँडा, खाद्यन्न तथा लत्ताकपडा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाईले बताए । उनका अनुसार गाउँपालिकाले उनीहरुलाई थप सहयोगसमेत गर्नेछ । राहत वितरण गर्न अध्यक्ष चौलागाईुसहित वडा नम्बर ६ का अध्यक्ष बिशाल खड्का लगायतका जनप्रतिनिधिहरु सहभागी थिए ।

सम्बन्धित शीर्षक