चुनावको मुखमा सरुवा भइ जुम्ला आए पछी कार्यकाल चुनौतीपूर्ण रहने प्र.जि.अ केशरी ।

जुम्ला – प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जिल्लास्थित पत्रकारहरुसँग भेटघाट गरेका छन् । केही दिनअघि मात्रै जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका केशरीले जिल्लास्थित पत्रकारहरुसँग भेटघाट गरेका हुन् । उक्त अवसरमा आफू मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन केन्द्रित हुने बताए ।

 

आफू भर्खरै जुम्ला आउनु र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउनु आफ्ना चुनौतीका विषय रहेको बताए । तर निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन र लोकतन्त्रको रक्षा गर्न आफू समन्यात्मक ढंगले अघि बढ्ने प्रजिअ केशरीको भनाइ थियो ।

जुम्ला जिल्लामा भयरहित वातावरणमा निर्वाचन गराउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए । त्यस अलवा जुम्ला जिल्लाका सम्पूर्ण समस्या समाधानका लागि आफ्नो भूमिका रहने उनले बताए । जुम्लाको बृहत हितका लागि मिडियाको भूमिका रहनेमा जोड दिए ।

सम्बन्धित शीर्षक