जुम्ली स्याउको बजारीकरण बढाउन जुम्लामा स्याउ महोत्सव हुदै ।

लक्ष्मी न्यौपाने

  ।   २४ भाद्र २०७९, शुक्रबार २२:०६

जुम्लामा तेस्रो पटक स्याउ महोत्सव लाग्ने भएको छ । भदौ २८ गते जुम्लाको मुख्य बजार बाल मन्दिरमा महोत्सव लाग्ने भएको हो ।

आज पत्रका सम्मेलन गर्दै जुम्लीको स्याउको बजारीकरणका साथै किसानको आम्दानी बृद्दिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।

विगत दुई वर्ष पहिले लगातार स्याउ महोत्सव गर्दै आएका थियौं । तर पछिल्ला दुई वर्षमा कोरोना महामारीले महोत्सव हुन सकेन् । कार्कीले भने, तर यश वर्ष चर्चित कलाकार प्रकाश सपूत र स्थानिय झांक्रि सहित महोत्सव लगाउने तयारी गरेको बताए ।

एक दिन अन्तरक्रिया र अर्काे दिन महोत्सव गरि दुई दिन लाग्ने भएको छ । स्याउ महोत्सवका लागि अनुमानित ५ लाख खर्च लाग्ने आँकलन गरिएको समेत कार्किले पत्रकार सम्मेलन मार्फत शुक्रबार जानकारी दिए ।

महोत्सवको आयोजना भने कान्जिरोवा टाईम्स मासिक पत्रिकाले गरेको छ

Next Post

चुनावको मुखमा सरुवा भइ जुम्ला आए पछी कार्यकाल चुनौतीपूर्ण रहने प्र.जि.अ केशरी ।

२४ भाद्र २०७९, शुक्रबार २२:०६
जुम्ला – प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जिल्लास्थित पत्रकारहरुसँग भेटघाट गरेका छन् । केही दिनअघि मात्रै जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका केशरीले जिल्लास्थित पत्रकारहरुसँग भेटघाट गरेका हुन् । उक्त अवसरमा आफू मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन केन्द्रित हुने बताए ।   आफू भर्खरै जुम्ला […]