नेकपा एकीकृत समाजवादी जुम्लाको अध्यक्षमा न्यौपाने चयन

लक्ष्मी न्यौपाने

  ।   १४ भाद्र २०७९, मंगलवार १९:५४

नेकपा एकिकृत समाजवादी पाटी(एस) जुम्लाको अध्यक्षमा आदिप्रसाद न्यौपाने सर्वसहमतिले चयन हुनु भएको छ। एसको जुम्ला जिल्लामा आयोजित जिल्ला भेलाले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो। यस्तै समितिको उपाध्यक्षमा रतन बहादुर रोकाय,उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाय,उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमै मैना शाही चयन भएका छन। सम्पूर्ण निर्बाचित पदाधिकारीको मंगलबारनै पद तथा गोपनियाताको सपथ ग्रहन भएको छ। एकीकृत समाजवादी पाटी जुम्ला जिल्लाका इन्चार्ज देविलाल थापाले सपथ ग्रहण गराउनु भएको थियो। अध्यक्ष न्यौपानेले आउदो चुनाबको रामा्रे तयारी गरेर अघि बढ्ने बताउनु भयो। उहाले पाटीलाई थप बलियो बनाउन संगठन विस्तार गर्न लागेको पनि बताउनु भएको छ। उहाले एकीकृत समाजवादी पाटीलाई जुम्लाको पहिलो शक्ति बनाउन कसरत गर्नेमा आफु पछि नहट्ने बताउनु भयो। ईन्चार्ज देविलाल थापाले नयाँ निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारिलाई बधाई दिनु भयो।

Next Post

नगरपालिका पाँचका निर्बतमान वडा अध्यक्ष अर्जुनसिंङ कठायतको नाम प्रदेश सभा प्रत्यक्ष तर्फ सिफारिस

१४ भाद्र २०७९, मंगलवार १९:५४
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ चन्दननाथ नगरपालिका पाँच नम्बर वडाका निर्वतमान वडाअध्यक्ष अर्जुनसिङ कठायतको नाम सिफरिस गरिएको छ। कठायतको राजनितिक यात्रा २०६१ सालमा नेबिसंघको साधारण सदस्य बाट सुरु भएर २०६४ सालमा नेबिसंको जिल्ला सचिब हुदै २०७४ सालमा सोतन्त्रबाट जितेर चन्दननाथ नगरपालिका वडा नम्बर पाँचको वडाअध्यक्ष समेत भईसक्नु भएको छ […]