इन्डियाको चमौलीबाट हराएका जुम्ला तातोपानि ६ का न्यौपाने अझै भेटिएनन्

२०७९ श्रावण ११ लक्ष्मी न्यौपाने

  ।   ११ श्रावण २०७९, बुधबार १७:२१

इन्डियाको चमौलीबाट हराएका जुम्ला तातोपानि ६ का न्यौपाने अझै भेटिएनन्
तातोपानी ६ का लक्ष्मि चन्द न्यौपानका छोरा ३१ बर्षिया पदम राज न्यौपाने हराएको एक महिना पुगि सक्दा पनि भेटिएका छैनन्। कामको सिलसिलामा भारतको चमौली पुगेका ३१ बर्षिया पदम राज न्यौपाने एक महिना देखी घरपरिवारको सम्पर्कमा आएका छैनन्। न्यौपानेका भाई जक्ती राज न्यौपानेले २०७९ असार सात गतेबाट उनका दाई पदमराज न्यौपाने सम्पर्कमा नआएको जाकारी गराएका छन। असार सात गते मंगलबार ५ बजे नेपाल आउछु भनि हिडेका न्यौपाने दिउसो एक बजे भारतको तिनधारा पुगेको छु भनि श्रीमती रामु न्यौपानेलाई सम्पर्क गरे पश्चात सम्र्पक बिहिन भएका हुन। जिल्ला प्रहरी कार्यलय जुम्लामा फोटो सहित निबेदन पेश गरेको २० दिन पुगि सक्दा पनि अझै भेटिएका छैनन। जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रसह ललित कुमार गुरुङले हराएका न्यौपानेको खोजि कार्य भई रहेको जानकारी गराउनु भएको छ। यस्तै अहिले उनको घरपरिवारले ईन्डियामै गएर खोजि गरीरहेका छन। यदी कसैले फेला पारेमा ७२१७५६२५६८ वा ९८६९६६४९५९ वा ९८६८९३५२४३ मा सम्पर्क गरीदिन भाई जग्क्ती राज न्यौपानेले अनुरोध गरेका छन।

Next Post

स्थानिय रैथाने बालिको परीकार बनाउन सिक्दै जुम्ली महिला

११ श्रावण २०७९, बुधबार १७:२१
किर्डाक नेपाल र वल्ड भिजनद्धारा सञ्चालित १० दिने स्थानिय रैथाने बालिको परिकार बनाउने तालिम आज सम्पन्न भएको छ। यो तालिमले जुम्ली महिलाहरुलाई रैथाने बालिको परीकार बनाउन सजिलो हुने भएको छ। किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रि भन्डारीले अर्गानिक परिकार बनाएर बिक्री गर्न सकेमा आयआर्जन गर्न सकिने र आर्थिक पक्ष राम्रो […]