जुम्लाको बागजाले पाटनमा परेको चट्याङमा परी ८० भेडा मरे ३०० हराए

  ।   १८ असार २०७९, शनिबार १८:२१

२०७९ असार १८
प्रेम बिष्ट
जुम्ला
शुक्रबार दिउसो तिन बजे जुम्लाको पातारासिको बागजाले पाटनमा परेको चट्याङमा परी ३८० भेडाको बथानमा ८० भेडा मरेका छन। यस्तै बागजालेमा भिर भएको कारण ३०० भन्दा बढि भेडा अझै नभेटिएको प्रहरी चौकी डिल्लिचौरका प्रमुख बुदि साउदले बताउनु भएको छ। प्रहरी चौकी डिल्लिचौरका प्रमुख साउदका अनुसार जोरा रोकायाका ६० भेडा भएकोमा १८ भेडा मरेका छन भने ४२ अझै भेटिएका छैनन , राम बहादुर रेउलेका १७० भेडा मध्य २२ मरेका छन भने १४८ भेडा भेटिएका छैनन। यस्तै संकर नेपालिका २० भेडामा १० मरेका छन भने १० भेटिएका छैनन, धर्म रेउलेका ६० भेडा मध्य २० मरेका छन भने ४० भेटिएका छैनन र मान बहादुर रोकायका ७० भेडा भएकोमा१० मरेका छन भने ६० हराएको साउदले बताउनु भयो।

Next Post

जेष्ठ नागरिक संघ जुम्लाद्धारा कालिकोटका जेष्ठ नागरिक लाई सम्मान

१८ असार २०७९, शनिबार १८:२१
जेष्ठ नागरिक संघ जुम्लाद्धारा कालिकोटका जेष्ठ नागरिक लाई सम्मान २०७९ असार १९ लक्ष्मि न्यौपाने जुम्ला कर्णालि प्रदेश अन्र्तगत कालिकोट जिल्लाका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघ जुम्ला शाखाले स्वागत गरेकोे छ ।जुम्ला र कालिकोट जिल्लाको अन्तर मिलन होस भन्ने उदश्यले सम्मान कार्यक्रम गरेकोे जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतिले बताउनु […]