हिमा गाउँपालिकामा आँखा शिविर बाट ३ सय ४ जनाकाे आँखा परीक्षण र २९ जना आँखाको शल्यक्रिया गरियो

जुम्लाको हिमा गाउँपालिकाले संचालन गरेको आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविर बाट २९ जनाको शल्यक्रिया गरिएको छ । आँखाका समस्या भएका विरामीको चेकजाँच पछि मोतियाबन्दिुका समस्या भएका विरामीको शल्यक्रिया गरिएको हो ।

आँखामा मोतिया बिन्दुका समस्या भएका विरामीलाई लक्षित गरि संचालन गरिएको शिविरबाट २९ जनाको शल्यक्रिया भएको गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार आफुले निर्वाचन जितेको झण्डै एक महिनाको अवधिमा शिविर संचालन गरि सेवा दिन पाउँदा खुसी भएको बताउनु भयो । आँखाको समस्या भएका ३ सय ४ जनाको परिक्षण भएको शाहीले बताउनु भयो ।उहाँले भन्नुभयो, गएको वैशाख ३० गते भएको दोस्रो पटकको स्थानीय तहको निर्वाचनबाट आएको टिमले असार ३ र ४ गते स्वास्थ्य शिविर तथा ६ र ७ गते निःशुल्क आँखा शिविर संचालन गरेको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनका बेला जनताका बिचमा गरिएको कबुल पुरा गर्नको लागि प्रत्येक ३÷३ महिनामा स्वास्थ्य शिविर र वर्षको एक पटक आँखा शिविर संचालन गरिने शाहीले बताउनु भयो । गाउँमै आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन हिमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा संचालन गरिएको आँखा शिविरले गरिब नागरिकको धनरासी खर्च हुनबाट बचेको त्यहाँका नागरिकले बताएका छन् । मोतिया बिन्दुको उपचारको लागि जुम्ला बाहिर जाँदा झण्डै १ लाख खर्च हुने रकम बचाई दिएकोमा हिमा सरकार प्रति नागरिकहरु खुसी भएका हुन् ।

हिमा गाउँपालिका जुम्लाको आयोजना, नेपाल नेत्र ज्योति संघ जुम्लाको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । शिविरमा हिमालय आँखा अस्पताल पोखराका डाक्टर कृष्णा गुरुङ्गको नेतृत्वमा प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए ।

शिविरबाट हिमा गाउँपालिकाका सबै गाउँका नागरिक लाभान्वित भएका छन् । भौगोलिक रुपले बिकट मानिएको हिमा गाउँपालिकामा यसअघि आँखाको बिरामी भएकालाई सुगमको आँखा अस्पतालसम्म पुगेर उपचार गर्नमा निकै समस्या पर्ने गरेकोमा यस प्रकारको आँखा शिविरले राहत पु¥याएको छ ।

घरदैलोमै आएर आँखा शिविर सञ्चालन गरिएको प्रति नागरिकले हिमा सरकारलाई धन्यवाद दिएका छन् । यातायातको दुरावस्था र आर्थिक समस्यामा परेका आँखाका बिरामीलाई शिविरले राहत प्रदान गरेको नेपाल नेत्र ज्योति संघ जुम्ला सभापति तथा केन्द्रिय सदस्य धनवहादुर बस्नेतले बताउनु भयो ।

हिमा गाउँपालिकामा भएको शिविरले आँखाका समस्या भएका विरामीलाई राहत गराएको उहाँको भनाइ छ ।

सम्बन्धित शीर्षक