कालिकोटमा एक जना कोरोना सङ्क्रमितको मुत्यु

कालिकोटमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ५ का ८३ वर्षका एकजना पुरुषको मुत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतले जानकारी दिनुभयो । रास्कोट नगरपालिकाको आइसोलेसनमा ९ दिन रहेका ती पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि कोभिड अस्पताल मान्ममा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्य थप जटिल बनेपछि गयराति उपचारको मृत्यु भएको महतले बताउनुभयो । कालिकोटमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । गत २४ घण्टामा मात्रै ४० जनानयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कालिकोटमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ सय ३४ पुगेको छ । जसमा ४ सय ४७ जना स्वस्थ भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शीर्षक