बाँकेको वैजनाथमा स्थगित भएको मतगणना पुन शुरु

गणेश रावत
कोहलपुर – बाँकेको वैजनाथ गाउँपालिकामा स्थगित भएको मत गणना पुन शुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत गणनामा संलग्न कर्मचारीको निष्पक्षतामिथ प्रश्न उठाएपछि मत गणना स्थगित भएको थियो ।

नेपाली कांग्रेस वैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधि देखिएपछि आफूहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग गर्दै स्थगित भएको थियो ।

सोमबार सर्वदलीय बैठक बसि नयाँ गणक ल्याउने सहमतिमा पुन मत गणना शुरु भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले मध्यान्ह लाई जानकारी दिए । उहाँका अनुसार सर्वदलीय बैठक बसी ७ वटा निर्णयहरु गरी मतगणना शुरु भएको बताए ।
निर्णयहरु निम्न प्रकारका छन्
१, वडा नम्बर १ र ८ को हकमा कानुनमा व्यवस्था भए अनुसार गर्ने
२, सि ।सि क्यामरा फोटेज र राजनीतिक दलहरूलाई देखाउने
३, मतगणना स्थलमा खटिएका पार्टीका प्रतिनिधिहरु लाई एक पाटी बाट एक जनालाई फोटो सहित प्रवेश कार्ड उपलब्ध गराउने
४,एक मत पेटिका गणना गरेर मात्र अर्को केन्द्रको मत पेटीका गणना गर्ने
५, हाल २ ठाउँमा मत गणना गर्दा ढिलो भएकोले अरु थप दुई ठाउँमा गरी जम्मा चार ठाउँमा गर्ने
६, मिति २०७९÷२÷२ मा स्थगित भएको पुन गणना सुतचारु गर्ने
७, विगतमा खटाईएका गाउँपालिका भित्रका कर्मचारी नखटाइ बाहिर बाट ल्याउने लगाएका नियर्ण गरअं मत गणना शुरू भएको निर्वाचन अधिकृत थापाले बताए ।

सम्बन्धित शीर्षक