जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शाही विजयी

जुम्ला — जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । उनले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याइन् ।

उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी छन् । विजयी भएका शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् ।

सम्बन्धित शीर्षक