तातोपानीमा नेपाली काँग्रेसको अग्रता

जुम्लाको तातोपानीमा नेपाली काँग्रेसको उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका नन्द प्रसाद चौलागाईले ८७२ मत प्राप्त गर्दे गर्दा माओवादि केन्द्रका विरवहादुर कुँवरले ८३० मत पाउनु भएको छ । कुँवरको भन्दा ४२ मतले चौलगाई अगाडी हुनुहुन्छ । यसैगरि नेकपा एमालेका उम्मेदवार सुरतवहादुर शाहीले ५५८ मत प्राप्त गर्नु भएको छभने नेकपा एसका हिमालय खत्रीले ६६ प्राप्त गरेको निर्वाचन अधिकृत सरोज राज रेग्मीले बताउनु भयो ।

नेमकिपा हस्त कुँवरले ५ मत पाउनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादि केन्द्रका रेउती रावल ८६९ मत प्राप्त गर्दै उपाध्यक्षमा लिड गर्नु भएको छ । नेपाली काँग्रेसका उम्मेदवार विन्दु अधिकारीले ७५७ मत प्राप्त गरेको उहाँको भनाइ छ । अधिकारी भन्दा रावतले ११२ मत बढी पाउनु भएको छ । नेकपा एमालेका ज्वाला चौलागाईले ४१४, नेकपा एसका नारायणी चौलागाईले १६६ र स्वतन्त्र उम्मेदवार जवहादुर बुढाले ९३ मत प्राप्त गरेको रेग्मीले बताउनु भयो ।

यसैगरि, वडा नम्बर २ मा एमालेको पुरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी हुनु भएको छ । वडा नम्बर १ मा जम्मा खसेको ७३० मध्ये ५५ मत बदर भएको छ । एउटा वडाको मत गणना गर्न झण्डै ५ घण्टा भन्दा बढी समय लाग्ने गरेको निर्वाचन रेग्मीले बताउनु भयो ।

वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार गोकर्ण रावल निर्वाचित भएका छन् । नेकपा माओवादि केन्द्रका डिल्ली रावललाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । विजयी काँग्रेस उम्मेदवारले ३४ मतान्तरले रावललाई पछि पार्नु भएको हो । काँग्रेसका विजयी उम्मेदवार ४४३ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी डिल्ली रावलले ४०९ मत पाएर हार बोहोर्नु परेको हो । एमालेका पूर्ण सार्कीले ३५ मत पाउनु भएको छ ।

सम्बन्धित शीर्षक