ओली–नेपाल वार्ता : राजीनामा रोकियो, कार्यदल बनाएर अघि बढ्ने सहमति

  ।   ३० बैशाख २०७८, बिहीबार १९:२२

सत्तारुढ दल एमालेको विवाद निरुपण गर्न तत्काल १० सदस्यी कार्यदल बन्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेसँगै १० सदस्यीय कार्यदल बन्ने भएको स्रोतले जनाएको छ।

कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाल गोकर्ण विष्टको नाम टुंगिएपनि त्यसलाई बाहिर ल्याएका छैनन । अन्य तीन जनाको नाम पछि सहमतिको आधारमा थप्दै जाने नेताहरुले जनाएका छन् ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठस्थित चपली हाइटमा  भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि नेपाल पक्षले दिने भनिएको राजिनामा रोकिएको थियो ।

दुई नेताको संवादपछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताए । ‘ विवाद सुल्झाउन मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा धेरैबेर छलफल भयो, फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति भएको छ’, नेपालले भने ।

Next Post

प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?

३० बैशाख २०७८, बिहीबार १९:२२
नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल निर्णयको अधिकार प्रत्यायोजन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो। बिहीबार बसेको नेकपा(एमाले) स्थायी कमिटीको चौथो बैठकले प्रधानमन्त्री ओलीलाई उक्त अधिकार प्रत्यायोजन गरेको हो। बैठकपछि पार्टीले […]